विभागको अनुगमन : अदोरा होल्डिङलाई जरिवाना
हेल्थपत्र
काठमाडौं, १८ असार : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकाले लितपुरको झम्सिखेलस्थित अदोरा होल्डिङमा अखाद्य पदार्थ भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।
विभागले आज गरेको अनुगमनमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य खाद्य सुरक्षा मापदण्ड उल्लङ्घन भएको भेटिएपछि २ लाख ५० हजार रुपियाँ जरिवाना गरिएको विभागमा प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिए ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपियाँ जरिवाना गरिएको हो ।
विभागमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरी प्राप्त भएपछि अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग भएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टीपिए भ्यालू ३३ रहेको तथा फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ ।
साथै म्याद गुज्रिएका खाद्यवस्तु थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको, उच्च त्एः भएको करिब एक लिटर तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको तथा खाद्य स्वच्छता कायम गर्न र फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिइएको विभागका प्रवक्ता डा. शर्माले जानकारी दिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक