२०८८ सम्म स्वास्थ्यमा ८ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिवद्धता

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, १ वैशाख : सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा २०८८ सालसम्म सम्म ८ प्रतिशत पुरयाइने उल्लेख छ ।
सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिवद्धतामा २०८८ सालसम्म स्वास्थ्य क्षेत्रमा ८ प्रतिशत बजेट पुर्याउने उल्लेख गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ ।
यस्तै प्रतिवद्धतामा स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरिय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरि विस्तार गरिने उल्लेख छ ।
‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनुका साथै छरिएर रहेका स्वास्थ्य सम्बन्धि सुविधा र सहुलितयलाई सामाजिक सुरक्षा कार्यक्रमलाई एकिकृत गरिने प्रतिवद्धता उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक