क्यान्सरका बिरामी पाँच बर्षमा दोब्बर
हेल्थपत्र
–शरद् शर्मा
काठमाडौँ, १३ असार : विगत पाँच बर्षमा क्यान्सर रोगका बिरामी करिव दोब्बर बढेको पाइएको हो ।
सरकारबाट उपचार खर्च लिने क्यान्सरका विरामी बढेको पाइएको हो ।स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखा निर्देशक हिरादेवी निरौलाले पाँच बर्षमा क्यान्सरका उपचारबापत सहुलितय लिने बिरामी दोब्बर बढेको पाइएको बताइन् ।
उनका अनुसार आर्थिक बर्ष २०७७÷२०७८ मा १५ हजार १८७ क्यान्सरका विरामी रहेकोमा आर्थिक बर्ष २०८१÷२०८२ मा २८ हजार ६७८ विरामी पुगेका छन् ।
उनले क्यान्सरको जनचेतना कमीले क्यान्सर रोग लाग्ने गरेको बताइन् ।
“क्यान्सरको जनचेतनाको कमीले क्यान्सर रोग लाग्ने गरेको पाइएको छ,” उनले भनिन “सरकार नागरिक समाज सवैले क्यान्सर रोगबाट बचाउन जनचेतना कार्यक्रम संचालन गर्नुपर्दछ ।”
यस्तै २०७८÷२०७९ मा १९ हजार ३१ जना, २०७९÷२०८० मा १६ हजार ६९६ जना र २०८०÷२०८१ मा २२ हजार १५३ जना क्यान्सरका विरामीले महाशाखाबाट उपचार खर्च लिने गरेको छन् ।
महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पिडितका लागि रु एक लाख सम्मको औषधि उपचारको व्यवस्था गर्दै आइरहेको छ । यस्तै प्रदेश सरकारले पनि थप रु एक लाख सम्मको उपचार सहायता प्रदान गर्दै आएको छ ।
शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक बृद्धि नै क्यानसर रोग हो । यसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिन्छ ।
नेपालमा देखिएका मुख्य क्यान्सरमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर छन् ।
पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको कारण, वङ्शाणुगत कारण जस्ता मुख्य कारणले क्यान्सर रोग नित्याउने बताए ।
“भातदाल तरकारी अचार नखाएर हामी बढी जसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा वासी खानेकुरा खाँदा धेरै नै क्यान्सर हुने जोखिम हुन्छ,” उनले भने“ मोटोपनले गर्दा क्यान्सर हुने दोस्रो कारक रहेको छ ।”
उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्ने सक्ने बताए ।
नेपालमा सवभन्दा बढी फोक्सो र त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ । त्यसपछि स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर पर्ने गर्दछन ।
सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप किशोरीलाई निःशुल्क लगाउँदै आएको छ ।
सरकारकै तहबाट क्यान्सर रोग उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरेको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक