सरुवा रोग अस्पताललाई १८०० भायल एन्टी रेविज खोप प्रदान

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, १३ आसार :  काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक हजार ८०० भायल एन्टी रेविज खोप प्रदान गरेको छ ।
अस्पतालमा आयोजित कार्यक्रममा आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल अस्पतालका निर्देशक डा. अनुप वाँस्तोलालाई उक्त खोप प्रदान गर्नु भएको हो ।
कार्यवहाक प्रमुख डङ्गोलले अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई खोप प्रदान गरेको बताइन् ।
अस्पतालका निर्देशक डा. बास्तोलाले खोप अभावले विरामीलाई समस्या नहोस भनेर महानगरसंग खोप मागेको बताए ।
अस्पतालमा काभ्रे, धादिङ, नुवाकोट, ललितपुर, भक्तपुर लगायतका जिल्लाबाट रेविज् विरुद्धको खोप लगाउन विरामीहरु आउने गर्दछन ।
उहाँले अस्पतालमा दैनिक दुई सय जनाभन्दा धेरै व्यक्तिहरु रेविज विरुद्धको खोप लगाउने गरेको बताए ।
अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकोले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।
अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसंग एन्टि–रेबिज खोप करिव ४० दिनलाई पुग्ने मौज्दात रहेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्र्तगत हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय भण्डारमा गरि १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको छ ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक