गोरखापत्रका सरोज ढुंगेल ‘रोटरी जोर्नो अवार्ड’बाट सम्मानित
हेल्थपत्र
काठमाडौं, १२ असार । गोरखापत्र दैनिकका सरोज ढुङ्गेल ‘रोटरी जोर्नो अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।
स्वास्थ्य पत्रकारितामार्फत जनस्वास्थ्यसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उजागर गर्दै नागरिकलाई तथ्यपरक सूचना प्रवाह गर्न तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पु¥याउनुभएको योगदानको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। उनी स्वास्थ्य पत्रकार मञ्च नेपालमा पूर्व अध्यक्ष पनि हुन् ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ९नेपाल–भुटान० ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा ढुङ्गेललाई ‘रोग रोकथाम तथा उपचार’ विधामा उत्कृष्ट घोषणा गर्दै नगद रु। ५१ हजार नगद र सम्मानपत्र सहित उक्त अवार्ड प्रदान गरेको हो।
पत्रकार ढुङ्गेललाई रोटरी इन्टरनेसनलका निर्देशक वासुदेव गोल्यान तथा डिस्ट्रिक्ट गर्भनर बिनोद कोइरालाले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।
ढुङ्गेलले लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनचासोका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ। उहाँका समाचारले रोगको रोकथाम, उपचार सेवा, औषधि व्यवस्थापन, जनस्वास्थ्य, सरकारी स्वास्थ्य नीति, स्वास्थ्य सेवा प्रवाह तथा नागरिकको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।
रोटरी अवार्ड छनौट समितिका अध्यक्ष सुरेश आचार्यका अनुसार ढुङ्गेलका समाचारले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तथा चुनौती उजागर गर्नुका साथै सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन, नागरिकलाई विश्वसनीय स्वास्थ्य सूचना उपलब्ध गराउन तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि सार्वजनिक बहस सिर्जना गर्न महत्वपूर्ण योगदान पुगेको छ
यस वर्षको ‘रोटरी जोर्नो अवार्ड–२०२६’ अन्तर्गत सात विधामा देशभरबाट ५० जना पत्रकार प्रतिस्पर्धामा सहभागी भएका थिए। उनीहरूले विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित २५७ वटा समाचार सामग्री मूल्यांकनका लागि पेस गरेका थिए।
छनोट समितिका अध्यक्ष सुरेश आचार्यका अनुसार समाचार सामग्रीको गुणस्तर, विषयवस्तुको गहिराइ, सामाजिक प्रभाव, तथ्यपरकता तथा पत्रकारितामार्फत समाजमा पु¥याएको योगदानका आधारमा उत्कृष्ट पत्रकार छनोट गरिएको हो।
यस वर्ष मातृ तथा शिशु स्वास्थ्य विधामा उकालोका सागर बुढाथोकी, खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा सुनसरीका पत्रकार विकल रेग्मी, वातावरण, जलवायु परिवर्तन तथा उत्थानशीलता विधामा सगरमाथा एफएमकी अर्वशी बस्न्यात, सामुदायिक तथा आर्थिक विकास विधामा पोखराका पत्रकार विजय नेपाल, स्थानीय शान्ति तथा द्वन्द्व रोकथाम तथा समाधान विधामा रुपा गहतराज तथा आधारभूत शिक्षा, साक्षरता तथा डिजिटल साक्षरता विधामा गोरखाका पत्रकार सुदीप कैनी सम्मानित हुनुभएको छ।
त्यसैगरी, नेपाली पत्रकारितामा दीर्घकालीन योगदानको उच्च कदर गर्दै वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ लाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले सन् २०११ देखि शिक्षा, स्वास्थ्य, वातावरण, शान्ति, खानेपानी, सामुदायिक विकासलगायत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित उत्कृष्ट पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘रोटरी जोर्नो अवार्ड’ प्रदान गर्दै आएको छ। यो पुरस्कारलाई विकास पत्रकारिता र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने प्रतिष्ठित सम्मानका रूपमा लिने गरिन्छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक