औषधि व्यवासायी संघको विभागलाई चेतावनी, अनुसन्धानमा रहेका औषधिमा व्यवसायीको नाम नजोडियोस्

हेल्थपत्र

२०८३ कातिर्क १३ बिहीबार

काठमाडौँ, १२ असार : नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागले नक्कली औषधिको अनुसन्धान गरेर मात्र नक्कली एकिन आग्रह गरेको छ ।

संघले आज विभागलाई आफ्ना चार बुँदे माग राख्दै अनुसन्धान प्रक्रियामा रहेका औषधिलाई नक्कली नभन्न समेत आग्रह गरेको छ । हालै विभागले सेरोफ्लो रोटाक्याप २५० को औषधि बजारमा नक्कली आएको भन्दै सूचना जारी गर्दै सचेत गराएको थियो ।

“औषधि वास्तवमै सम्बन्धित नक्कली हो भन्ने विषय अन्तिम रूपमा स्थापित भइ नसकेको, अनुसन्धान प्रक्रिया जारी रहेको तथा अधिकांश व्यवसायीहरूले उक्त औषधि वैध आपूर्ति प्रणाली र आधिकारिक बिलका आधारमा खरिद गरेको अवस्थामा व्यवसायीहरूको नाम तथा विवरण सार्वजनिक गरिएको कार्यप्रति हाम्रो गम्भीर असहमति रहेको छ,” संघका अध्यक्ष शंकर महर्जन र महासचिव शुभमान श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले सूचनामा नाम उल्लेख गरिएका व्यवसायीहरू न त उक्त औषधिका उत्पादक हुन्, न त नक्कली औषधि निर्माण गर्ने व्यक्ति वा संस्था भएको कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरिएको बताइएको छ।

संघले अनुसन्धानको निष्कर्ष नआउँदै व्यवसायीहरूको पहिचान सार्वजनिक गर्नुले उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दोषीको रूपमा प्रस्तुत गरेको देखिएका बताएको छ । नक्कली औषधिका सम्बन्धमा जारी गरिएको सूचनाको भाषा, संरचना तथा प्रस्तुतीकरणको तत्काल पुनरावलोकन गर्नुपर्ने, सम्बन्धित व्यवसायीहरू दोषी प्रमाणित भएका नभई अनुसन्धानको क्रममा औषधि बरामद भएका आपूर्ति श्रृंखलाका बिन्दु मात्र हुन् भन्ने स्पष्ट व्याख्यासहित संशोधित सूचना जारी गर्नुपर्ने संघको माग रहेको छ ।

यस्तै अनुसन्धानको अन्तिम निष्कर्ष नआउँदासम्म कुनै पनि व्यवसायीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी नाम सार्वजनिक गर्ने अभ्यास बन्द गर्नुपर्ने, उक्त सूचनाबाट प्रभावित व्यवसायीहरूको व्यवसायिक प्रतिष्ठा तथा विश्वसनीयतामा पुगेको क्षतिप्रति विभागले सार्वजनिक रूपमा स्पष्टिकरण दिनुका साथै यथोचित सुधारात्मक कदम चाल्नुपर्ने माग राखेको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक