१० हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
हेल्थपत्र
काठमाडौँ, ११ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिव १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय भण्डारमा गरि १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जानकारी दिए ।
उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टि–रेबिज खोप प्राप्त भईसकको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ ।
उनले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक पहलहरू तीव्र रूपमा अघि बढाएको छ।
मन्त्तालयले स्थानीय तहहरूलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ ।
मन्त्रालयले उपलब्ध खोपको समुचित वितरण तथा व्यवस्थापनमार्फत देशभर आवश्यक सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।
उनले हाल देशका केही स्थानमा खोपको उपलब्धतामा चुनौती देखिए तापनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा एन्टि–रेबिज खोप करिव ४० दिनलाई पुग्ने रहेको बताए ।
उनले स्वास्थ्य सेवा विभागबाट भइरहेको नियमित खरिद प्रक्रिया सम्पन्न भई खोप आपूर्ति प्रणाली पूर्ण रूपमा नियमित हुने अपेक्षा गरिएको बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक