क्यान्सर उपचारका लागि प्रयोग हुने औषधि ल्याइयो
हेल्थपत्र
काठमाडौँ, ९ असार : क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधि नेपाल आइपुगेको छ ।
नेपाल औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने ‘सिस्प्लाटिन’ औषधि एक हजार २०० भाइल सोमबार नेपाल आइपुगेको बताए । ‘कार्बोप्लाटिन’ भने एक महिना दुई हजार भाइल मौज्जात रहेको छ ।
उनले सरकारले क्यान्सर लगायतका औषधिको स्वचालित मूल्य समायोजन गर्ने भनेपछि क्यान्सरको औषधि नियमित आउने बताए ।
“सरकारले औषधिको मूल्य समायोजन गर्ने प्रतिवद्धता व्यक्त गरिपछि पनि हामीले विरामीका लागि आवश्यक पर्ने औषधिको सहज आयाता गरिरहेका छौ,”उनले भने, “अव पहिले जस्तै औषधिको अभाव हुने छैन ।”
क्यान्सरको किमोथेरापी उपचारका लागि हुने ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ लगायतका औषधिको अभाव विगत दुई महिनादेखि भएको हो ।
सरकारले क्यान्सर औषधि अभाव भएपछि विरामीलाई सहजताका लागि जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँ ठाउँ तोकेको थियो ।।
नेपालमा किमोथेरापी उपचारका लागि सवभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ ।
नेपालमा विरामीका लागि महिनामा एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्दछ ।
क्यान्सर रोगको उपचार हुने भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा अस्पतालमा ति औषधिको अभाव देखिएको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक