उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विज्ञान समितिको सभापतिमा एपोन अध्यक्ष अधिकारी
हेल्थपत्र
काठमाडौँ, ९ असार । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विज्ञान समितिको सभापतिको जिम्मेवारी नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले पाएका छन् ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अधिकारीलाई सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् । सभापतिको जिम्मेवारी लिएपछि उनले स्वास्थ्य तथा विज्ञानजस्तो महत्वपूर्ण क्षेत्रको नेतृत्व गर्नु चुनौतीपूर्ण भए पनि सबै सरोकारवाला निकाय, संघसंस्था तथा व्यक्तित्वहरूको सहयोगबाट आफूले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उनले स्वास्थ्य तथा विज्ञान समितिको सभापतिको जिम्मेवारी सहज नभएको उल्लेख गरे ।
उनले सम्पूर्ण संघसंस्था तथा महानुभावहरूको साथ र सहयोगले यस क्षेत्रमा सकारात्मक योगदान पुर्याउने आफ्नो प्रयास सफल हुने बताए । उनी गत जेठमा भएको निर्वाचनमा कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक