स्वास्थ्य बीमा बापतको भुक्तानी प्रक्रिया अघि बढ्यो : स्वास्थ्य मन्त्रालय

हेल्थपत्र

२०८३ असार ७ आइतबार

काठमाडौं, ३ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा वापतको स्वास्थ्य संस्थालाई बक्यौता रहेको भुक्तानी प्रक्रिया अगाडि बढाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई नियमित संचालन गर्नका लागि ति स्वास्थ्य संस्थामा वक्यौता रहेको रकमलाई भुक्तानी प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनले विभिन्न समयमा बीमा वापतको रकम अस्पताललाई भुक्तानी गरिएको बताए ।

उनका अनुसार गत जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत रु. एक अर्ब ३ करोड २४ लाख ७७ हजार भुक्तानी गरिएको थियो। ।
यस्तै जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत रु. ३२ करोड १३ लाख हजार हजार निकासा गरिएको थियो भने जेठ २७ गते थप रु. २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरिएको छ ।

यस्तै स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप रु. ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले बताए ।

उनले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

“मन्त्रालयले विगत आर्थिक वर्षदेखि बाँकी रहेको स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ,” उनले भने ।

स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकेश मल्लले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थालाई करिव १७ अर्ब रुपिया भुक्तानी गर्न वाँकी रहेको जानकारी दिए ।

उनले मन्त्रालयबाट निकास गरिएको आधारमा अहिले अस्पताललाई भुक्तानी भइरहेको बताए ।

समयमा नै भुक्तानी नगरेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल शहिद गङ्गलाल राष्ट्रिय हृदय केन्द्र लगायतमा स्वास्थ्य बीमा कार्यक्रम बन्द रहेको छ ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक