स्वास्थ्य मन्त्री मेहतासंग जर्मनीका उच्चअधिकारीसंग भेटवार्ता
हेल्थपत्र
काठमाडौँ, १ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष जर्मनी सरकारको सङ्घीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख (Federal Ministry of Economic Cooperation का South Asia Division, and Development ) प्रमुख बारबरा शेफर सहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेटघाट गरे ।
मन्त्रालयमा भएको भेटघाटका दुई देशबिचको निकै लामो समय देखिको घनिष्ट सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गरिरहेको पूर्वाधार निर्माणको साथै विभिन्न परियोजनामार्फत भएको सहयोगका लागि प्रशंसा मन्त्री मेहताले गरिन् ।
सो अवसरमा जर्मन सरकारका तर्फबाट राजदूत उडो भोल्जले हालको परिस्थितिमा सरकारको प्राथमिकताका क्षेत्रमा अझ सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारको निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गरिन्। उनले सरकारका प्राथमिकताका क्षेत्रहरूमा विकास साझेदारहरूको सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै वर्तमान आवश्यकता तथा सरकारका प्राथमिकताका क्षेत्रमा आगामी दिनमा समेत सहयोग, साझेदारी र साथ निरन्तर रहने विश्वास व्यक्त गरेको थियो।
सो भेटघाटमा जर्मनका तर्फबाट केएफडब्लु जिआइजेड, पिटीआई नेपालमा कार्यरत संस्थाका प्रमुख एवं प्रतिनिधिहरूसमेत सहभागी थिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक