काठमाडौँ महानगरपालिकाले नगर अस्पताल संचालन गर्ने
हेल्थपत्र
काठमाडौँ, ३१ जेठ । काठमाडौँ महानगरपालिकाले नगर अस्पताल संचालन गर्ने घोषणा गरेको छ ।
महानगरको १९औँ अधिवेशन बैठकमा उनले आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरबासीका लागि उपचार गर्नका लागि नगर अस्पताल स्थापना गर्ने घोषणा गरेकी हुन् ।
महानगरले नगरभित्रका स्वास्थ्य सेवामा विपन्न र असहायका लागि १० प्रतिशत उपचार गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गर्ने पनि डंगोलले घोषणा गरिन् । बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने समेत उनले नीति तथा कार्यक्रममा ल्याएकी हुन् ।
त्यस्तै उनले उक्त कार्यक्रममार्फत ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्ने साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने बताइन् ।
काठमाडौँमा प्रदूषण नियन्त्रण कम गर्ने तथा प्लास्टिकका झोलालाई कम गर्दै जाने रणनीति बनाउने पनि उनले घोषणा गरिन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक