अठार हजार बालबालिकामा कडा शीघ्र कुपोषण
हेल्थपत्र
काठमाडौँ, ३० जेठ : सरकारले संचालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा करिव १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित भएको पाइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता संचालन गरेको अभियानको तथ्याङ्क सार्वजनिक गर्दै १८ हजार ३०९ बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।
अभियानको क्रममा १० लाख ३५ हजार २०१ बालबालिकामा परीक्षण गरिएकोमा १८ हजार ३०९ जना बालबालिका शीघ्र कडा कुपोषितबाट ग्रसित रहेको बताए ।
यस्तै जाँच गर्दा ८८ हजार २०५ बालबालिकामा शीघ्र कुपोषित रहेको पाइएको उनले बताए ।
सरकारले गत वैशाख १५ देखि जेठ १५ गतेसम्म ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्था जाँच गर्न र शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्न अभियान संचालन गरेको थियो ।
“यसपटक हामीले देशभरि नै संचालन गरेको हुनाले कडा सिध्र कुपोषणका बालबालिकालाई धेरै देखिएको हो,” उनले भने, “सिघ्र कडा कुपोषण सङ्ख्या धेरै देखिएकोले त्यही अनुसार योजना बनाइने छ ।”
कडा शीघ्र कुपोषण सवभन्दा बढी मधेश प्रदेशका बालबालिकामा देखिएको छ ।
शाखा प्रमुख थापाका अनुसार कडा सिघ्र कुपोषण मधेश प्रदेशमा आठ हजार ३८० जना, लुम्बिनी प्रदेशमा तीन हजार १५ जना, सुदूरपश्चिम प्रदेशमा एक हजार ७५८ जना, कोशी प्रदेशमा एक हजार ५९० जना, कर्णाली प्रदेशमा एक हजार ५०३ जना, वागमती प्रदेशमा एक हजार ४०१ जना र गण्डकी प्रदशेमा ६६२ जनामा देखिएका छन् ।
कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे, करङ्ग देखिने खालको हुने गर्दछन् ।
कडा शीघ्र कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने र उक्त तयारी खाना खाएपछि बालबालिकालाई स्वस्थ्य हुने उहाँको भनाई रहेको छ ।
तयारी खानाले दिदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशतिर २५ वटा पुर्नस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रुपमा हेरेर तयारी खाना खुवाइने उहाँले बताउनुभयो ।
यस्तै शीघ्र कुपोषण पनि सवभन्दा बढी मधेश प्रदेशमा देखिएको छ । शीघ्र कुपोषण मधेश प्रदेशमा ३८ हजार ९४८ जना बालबालिकामा देखिएको छ ।
त्यसपछि लुम्बिनी प्रदेशमा १७ हजार ८७९, सुदूरपश्चिम प्रदेशमा नौ हजार ३४४ जना, कोशी प्रदेशमा छ हजार ५९६ जना, वागमतीमा छ हजार ४८० जना, कर्णालस्मा पाँच हजार ९८९ जना र गण्डकी प्रदेशमा दुई हजार ९६९ जनामा देखिएको छ ।
शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेर अनुसार तौल नहुने, लुरे हुने गर्दछन ।
सरकारले आगामी बर्षदेखि बालबालिका र आमाको पोषणको अवस्था ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’लाई नियमित कार्यक्रममा समावेश गर्ने शाखाका प्रमुख थापाले जानकारी दिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक