क्यान्सर पिडितलाई हामी नेपाल इन्टरनेशनल भारतको आर्थिक सहयोग प्रदान

हेल्थपत्र

२०८३ असार ३ बुधबार

भारत , ३० जेठ ।  वैदेशिक रोजगारीको सिलसिलामा भारतको गोवामा कार्यरत रहेका क्यान्सरबाट पिडित बनेका एक नेपालीलाई हामी नेपाली इन्टरनेशनल भारतले आर्थिक सहयोग प्रदान गरेको छ ।

रक्त क्यान्सरबाट पिडित बनेका कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी ३५ वर्षीय दीपक चन्द लाई उपचारका लागि आर्थिक सहयोग स्वरूप नगद ४० हजार रूपैया प्रदान गरिएको हो । हामी नेपाली इन्टरनेशनल भारतको संयोजक लक्ष्मी अधिकारीले पिडित चन्दको बुबालाई सहयोग रकम हस्तान्तरण गरेकी थिईन् ।

`समस्यामा परेका सबैलाई हामीले सहयोग गर्दै आईरहेका छौं´ उनले भनिन् `आगामी दिनमा सहयोगको दायरा सक्दो बढाउने छौं ।´

एक गम्भीर रोगसँग संघर्षरत हुनुहुन्छ। वैदेशिक रोजगारीको क्रममा भारतको गोवामा रहँदा अचानक अस्वस्थ हुनुभएका उहाँलाई चिकित्सकहरूले रक्त क्यान्सर (B-Cell Acute Lymphoblastic Leukemia) भएको पुष्टि गरेका छन्।

परिवारका एकमात्र आशा तथा वृद्ध बुबा–आमाका सहारा रहनुभएका चन्दको हाल भारतको गोवास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूको अनुसार यो रोग तीव्र रूपमा फैलिन सक्ने भए पनि समयमै उपयुक्त उपचार गरिएमा निको हुने सम्भावना रहेको छ। हाल उहाँको केमोथेरापी तथा रगत चढाउने प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ।

चन्दको उपचारका लागि दीर्घकालीन केमोथेरापी, महँगो औषधि तथा सम्भावित बोन म्यारो प्रत्यारोपण (Bone Marrow Transplant) समेत आवश्यक पर्ने देखिएको छ। यस सम्पूर्ण उपचार प्रक्रियाका लागि करिब भारतीय रुपैयाँ ३० लाख (नेपाली रुपैयाँ करिब ४८ लाख) भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।

`मध्यम वर्गीय परिवारका लागि यति ठूलो रकम जुटाउनु अत्यन्त कठिन भएकोले, उहाँको जीवन रक्षा गर्न यहाँहरूको सानो सहयोग पनि अमूल्य जीवनदान सावित हुन सक्ने हुँदा सबैमा सहयोगको लागी हार्दिक अपिल गर्दछु´ पिडित चन्दले सहयोगको अपिल गर्दै भनेका छन ।
आप्रवासीका रुपमा विश्वभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गराउने अभिप्रायले छाता संस्थाको रुपमा ‘हामी नेपाली इन्टरनेशनल’सञ्चालनमा आएको छ ।

गैरनाफामुखी संस्थाको रुपमा अमेरिकाको न्यूयोर्कमा दर्ता भइ ‘नेपाल र नेपालीका लागि हामी नेपाली’भन्ने नारासहित सञ्चालनमा आएको हो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक