स्वास्थ्य मन्त्री मेहतासंग अमेरिकाका कार्यवाहक राजदूतको भेटवार्ता

हेल्थपत्र

२०८३ जेठ २९ शुक्रबार

काठमाडौँ, २७ जेठ :स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासंग नेपालका लागि« अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम बीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा उनीहरुबीच भएको भेटघाटका नेपाल र अमेरिकाबीचको घनिष्ठ सम्बन्ध तथा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहयोग र सहकार्यका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्री मेहताले भेटवार्ताका क्रममा सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै सोहीअनुरूप सहकार्यलाई प्राथमितकता दिनु पर्नेमा जोड दिइन् ।

सोही क्रममा कार्यवाहक अर्बमले अमेरिकी सरकारले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।

उक्त भेटघाटका क्रममा अमेरिकी सरकारबाट नेपालमा सहयोग हुँदै आएका एचआईभी÷एड्सको नियन्त्रण तथा रोकथाम, स्वास्थ्य डिजिटलाइजेसन, टेलिमेडिसिन, ग्लोबल हेल्थ सेक्युरिटी तथा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणलगायतका विषयमा समेत छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक