जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिवद्ध : स्वास्थ्य मन्त्री मेहता
हेल्थपत्र
काठमाडौँ, २४ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्यजन्य रोगहरु आजको विश्वका लागि गम्भिर जनस्वास्थ्य चुनौति रहेको बताएकी छन् ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले हामीले उपभोग गर्ने खाद्य पदार्थ भौतिक, रासायनिक र जैविक जोखिमबाट मुक्त हुन अनिवार्य रहेको बताएकी छन् ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार प्रत्येक बर्ष ६० करोड मानिसले दुषित खानाको कारण विरामी पर्ने र चार लाख २० हजार मानिस अकालमा ज्यान गुमाउनुपर्ने रहेको छ ।
मन्त्री मेहताले खानपानको सुनिश्चिता मार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिवद्ध रहेको बताएकी छन् ।
उनले सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रभावकारी कार्यन्वयनलाई उच्च प्राथमिकता राखेको बताइन् ।
यसका साथै खाद्य परीक्षण प्रयोगशालाको सवलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यलाई तीव्रता दिइने शुभकामना उल्लेख गरिएको छ ।
खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको सवै प्रक्रियामा स्वच्छता कामय राख्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री मेहताले यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरु अवलम्बन गर्न जरुरी रहेको बताइन् ।
यस्ता अभ्यासले बजारमा गुणस्तरिय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुका सार्थ अस्वस्थ्यकर खानपानबाट हुने मानविय क्षति र आर्थिक भारलाई समेत कम गर्ने उनको भनाई रहेको छ ।
यस दिवसले खाद्य शृङ्खलामा आवद्ध उत्पादक, व्यवसायी तथा उपभोक्त लगायत सवै सरोकारवालाई स्वच्छ खानपानको महत्व आत्मसात गर्न र आआफ्नो भूमिकाप्रति थप जिम्मेवारी बन्न प्रेरणा मिलोस भन्ने कामना गर्नु भएको छ ।
आज नेपाल सहित विश्वभर ‘सवैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मुल नाराका साथ दिवस मनाइदै छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक