क्यान्सर लगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्री मेहताको निर्देशन

हेल्थपत्र

२०८३ जेठ ३० शनिवार

काठमाडौँ, २३ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएकी छन् ।

औषधि व्यवस्था विभागको अनुगमनका क्रममा उनले क्यान्सर लगायतका औषधिको अभाव हुन नदिने निर्देशन दिएकी हुन् ।
हालसम्म औषधी आपूर्ति र वितरणको अनुमति प्राप्त गरेका तर नियमित आपूर्ति नगरेका आपूर्तिकर्ताहरूको नियमन कार्य तत्काल अगाडि बढाउन समेत मन्त्री मेहताले निर्देशन दिइन् ।

उनले हालसम्म औषधी आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन र कागजात पेस गरेका तर अनुमति प्रदान गर्न नसकिएका कम्पनीहरूको स्थलगत निरीक्षण तथा आवश्यक जाँचबुझ गरी प्रक्रिया अगाडि बढाउन समेत निर्देशन समेत दिइन् ।

मन्त्री मेहताले विभागको नियमन क्षमता अभिवृद्धि गर्न सबै प्रकारका कदम चाल्ने गरी तयारी गरिएको बताइन् ।

विभागको गुणस्तरीय बनाउन आपूर्ति अनुमति प्रदान गर्ने कार्यलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरणसहित तत्काल पेस गर्न समेत आग्रह गरिन् ।

मन्त्री मेहताले सरकारबाट निःशुल्क वितरण गरिने औषधीहरू र स्वास्थ्य वीमाअन्तर्गत उपलब्ध गराइने औषधीहरूको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न समेत निर्देशन दिइन् ।

सो अवसरमा विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागले गरिरहेको कामबारे जानकारी गराइन् ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक