क्यान्सर विरुद्धको औषधि आपूर्ति गर्न मन्त्री मेहताको निर्देशन
हेल्थपत्र
काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर विरुद्धको औषधिको सहज आपूर्ति गर्न बिषयमा औषधि व्यवस्था विभागसंग छलफल गरेकी छन् ।
मन्त्रालयमा बुधबार आयोजित छलफलमा औषधि आपूर्ति र व्यवस्थापनमा विद्यमान असहजता र त्यसको समाधानका सम्बन्धमा छलफल भएको छ।
छलफलमा आपूर्ति तथा व्यवस्थापन (क्यान्सर विरुद्धको औषधीलगायत) Immunosuppressant का विषयमा विभिन्न माध्यमबाट प्राप्त गुनासा र सोको वास्तविक अवस्था, सोको समाधानका उपायलागयतका विषयमा छलफल गरिएको छ।
छलफलमा औषधी आपूर्तिको अनुमति प्राप्त गरेकाहरूले आपूर्ति नगरेमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा सबै प्रकारका विकल्पमाथि छलफल गरिएको छ।
छलफलमा Live saving drugs आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, Live saving drugs को गत ३ वर्षको आयातको मात्रा, ती औषधीको हरेक वर्षमा खपत हुने मात्राको विवरण र यस्तो औषधी आपूर्तिका लागि अनुमति माग गरी पेस हुन आएका छ।
आपूर्तिकर्ताहरूको निवेदनको विवरण उपलब्ध गराउन औषधी व्यवस्था विभागलाई निर्देशन दिइएको छ।
छलफलमा औषधी व्यवस्था विभागसँग सम्बन्धित सफ्टवेयरको सुधार तथा क्षमता विस्तार, वेबसाइटको विवरण नियमित अद्यावधिक गर्ने लगायतका विषयमा छलफल केन्द्रित भएको थियो।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक