मन्त्री मेहताद्वारा स्वास्थ्य बीमा कार्यक्रम संचालन अस्पताललाई निर्देशन

हेल्थपत्र

२०८३ जेठ २१ बिहीबार

काठमाडौँ, २० जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा देखिएका समस्या समाधान गर्नका लागि छलफल गरेकी छन् ।

मन्त्री मेहताले स्वास्थ्य बीमा बोर्ड र उपत्यकाका सरकारी अस्पतालका प्रमुखसंग आज मन्त्रालयमा स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयनमा विद्यमान असहजता र सुधारका बारेमा छलफल गरेकी हुन् ।

छलफलमा मन्त्री मेहताले स्वास्थ्य बीमा कार्यक्रम गरिवी जनताको स्वास्थ्यसंग जोडिएकोले सुधार गरेर प्रभावकारी कार्यन्वयन गर्नुपर्ने बताइन् ।
उनले स्वास्थ्य बीमा बन्द गरिएका अस्पतलाका स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न अनुरोध गरिन् । “स्वास्थ्य बीमा कार्यक्रम जनताको कार्यक्रम हो । यसलाई अस्पतालले नियमित गर्नुपर्दछ” उनले, “ स्वास्थ्य बीमाको विकल्प छैन । त्यसैले बन्द गरिएका अस्पतालले चाडै स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्नुहोस् ।”

मन्त्री मेहताले स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचार सुविधा थैलीमा गरेको परिवर्तनका सम्बन्धमा थप छलफल गर्न मन्त्रालय तयार रहेको बताइन् । केही दिन अघि मात्र बोर्डले औषधि, औषधिजन्य सामाग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैलीको दररेट परिमार्जन गरेको थियो ।

छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सहज बनाउने मन्त्रालयले नीतिगत छलफल गरिरहेको बताए ।

उनले हालै गरिएको सुविधा थैलीको दररेटका सम्बन्धमा के कसरी अगाडि बढन सकिन्छ त्यसबारे छलफल गर्न सकिने बताए ।

बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ मा कुन कुन परीक्षणको दररेट कम भएका छन ति कम भएका दररेटका सम्बन्धमा अस्पतालसंग छलफल गरेर अगाडि बढ्न सकिने बताए ।

छलफलमा अस्पताल प्रमुखहरूले हालै बोर्ड परिमार्जन गरेको सुविधा थैली परिमार्जन गर्नुपर्ने माग राख्नु भएको थियो ।

उनीहरुले स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने रकम लामो समयदेखि बक्यौता रहँदा सेवा सञ्चालनमै समस्या भएको समेत बताउनु भएको थियो ।

छलफलमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल लगायत प्रमुखहरु सहभागि थिए ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक