इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
हेल्थपत्र
काठमाडौं, २० जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।
अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुने भएकोले मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकराी दिए ।
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सिमा नाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको छ ।
“ अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छौ । तर पनि हामी नेपालमा भाइरसको सङ्क्रमणको प्रवेश नगरोस भन्ने उच्च सतर्कता अपनाएका छौ,” उनले भने “ स्वास्थ्यकर्मी अभिमुखीकरण सहित उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायका बारे पनि छलफल गरिएको छ ।”
उनले इवोला सङ्क्रमण भएको ठाउँमा जान सक्ने नेपालीको व्यवस्था र मापदण्डका विषयमा समन्वय भइरहेको जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अन्तर्राष्ट्रिय सरोकारको जनस्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको छ ।
मन्त्रालयले सङ्क्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशबिन्दुमा स्वास्थ्यकर्मी परिचालन गरि शङ्कास्पद बिरामीको परीक्षण समेत गरिरहेको उनले बताए ।
नेपालमा अहिलेसम्म इबोला भाइरसको सङ्क्रमणको पृष्टि भएको छैन ।
लक्षण
अचानक कडा ज्वरो आउने र अत्यधिक कमजोरी महसुस हुने, वान्ता हुने , पाखला लाग्ने र पेट दुख्ने,टाउको मासपेशी तथा घाँटी दुख्ने, छालामा डावर देखिने, कलेजो तथा मिर्गौलाको कार्यमा असर पुग्ने, केही विरामीमा आन्तरिक वा वाह्य रक्तश्राव हुने गर्दछ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक