मन्त्रालयद्वारा विभिन्न नौ स्वास्थ्य संस्थाका रिक्त पदाधिकारी पदका लागि आवेदन माग

हेल्थपत्र

२०८३ जेठ २१ बिहीबार

काठमाडौँ, २० जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न नौ स्वास्थ्य संस्थामा रिक्त पदमा पदपूर्तिका लागि आवदेन आव्हान गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्ड, नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष, सदस्य र रजिष्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अध्यक्ष, सदस्य र रजिष्ट्रार, नेपाल नर्सिङ परिषदमा अध्यक्ष, उपाध्यक्ष, सदस्य र रजिष्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषदमा अध्यक्ष र रजिष्ट्रार, नेपाल फार्मेसी परिषद् अध्यक्ष, सदस्य र रजिष्ट्रार पदका लागि दरखास्त माग गरेको छ ।

यस्तै नेपाल मेडिकल काउन्सिल अध्यक्ष, सदस्य र रजिष्ट्रार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सदस्य, शहिद गंगालाल राष्टिय हृदय केन्दमा कार्यकारी निर्देशक र सदस्य पदका लागि दरलागि आवेदन माग गरेको छ ।

स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष, कार्यकारी निर्देशक र सदस्य, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थइ अनुसन्धान परिषद्, नेपाल नसिंसग परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् नेपाल फार्मेसी परिषद्मा अध्यक्ष लगायत पदका लागि दरखास्त माग गरेको छ ।

यस्तै नेपाल मेडिकल काउन्सिल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहिद गंगालाल राष्टिय हृदय केन्दमा पदाधिकारीका लागि दरखास्त दिनका लागि आवेदन माग गरेको छ ।

ति स्वास्थ्य संस्थाको पदाधिकारीका लागि सम्बन्धित संस्थाको ऐन तथा नियमावलीमा उल्लेख भए अनुसार १० दिनभित्र मन्त्रालयमा आवेदन लिन आग्रह गरिएको छ ।

Screenshot

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक