स्वास्थ्य बीमा बोर्ड र हुलाक सेवा विभागबीच सम्झौता
हेल्थपत्र
२०८३ जेठ २१ बिहीबार
काठमाडौँ, १९ जेठ । स्वास्थ्य बीमा बोर्ड र हुलाक सेवा विभागबीच सम्झौता भएको छ ।
विभागमा महानिर्देशक मनमाया भट्टराई पंगेनी र बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिबीच सम्झौता भएको हो ।
स्वास्थ्य बिमा सामग्री, नगदी रसिद, दर्ता तथा नविकरण फाराम, चिठ्ठीपत्र तथा सूचना प्रविधि उपकरण ल्यापटब, कम्प्युटर र प्रिन्टर लगायतका सामग्री देशभर सुरक्षित, छिटो र व्यवस्थित रूपमा ढुवानी तथा वितरण गर्ने सम्बन्धी सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
स्वास्थ्य बिमा सेवाको पहुँच विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक