तीन बर्षभित्रमा ३३६ अस्पतालको निर्माण सम्पन्न गरिने

हेल्थपत्र

२०८३ जेठ १८ सोमबार

काठमाडौँ, १५ जेठ :  सरकारले आगामी तीन बर्षमा ३३६ आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बर्ष २०८३÷०८४ को बजेट सङ्घीय संसदको सयुक्त बैठकमा आज प्रस्तुत गर्दै निर्माण शुरु भएका ३३६ अस्पतालका निर्माण तीन बर्षभित्र सम्पन्न गर्ने बताएका हुन् ।

आधारभूत अस्पताल निर्माणका लागि सरकारले पाँच अर्ब ९० करोड रुपिया विनियोजन गरेको उनले उल्लेख गरे ।

यस्तै मानव विकास सुचाङ्क कम भएका हरेक प्रदेशका एक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरु नभएका

अस्पतालका हकमा बैज्ञानिक नक्साङ्कन गरेर मात्र निर्माण गर्ने अर्थमन्त्री डा. वाग्लेले बताए ।

संघीय विशिष्टकृत अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने बजेटमा उल्लेख गरिएको छ । जलनको सघन उपचारका लागि वीर अस्पताल र किर्तिपुर अस्पतालको क्षमता विकास गर्ने उहाँले बजेटमा उल्लेख गर्नु भएको छ ।

मधेश प्रदेशमा मिगौला उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकार अस्पतालमा निःशुल्क गर्ने बजेटमा घोषणा गरिएको छ ।

नागरिक स्तरबाट स्थापना भई अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त धुलिखेल सामुदायिक अस्पताल र काठमाडौ इन्सिच्युट चाइन्ड हेल्थ्यको स्तरउन्नती गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

तिलगङगा आँखा प्रतिष्ठानलाई आँखाको लेन्स उत्पादनमा प्रत्योहासन गर्न कर सहुलियत प्रदान गरिएको बजेटमा उल्लेख गरिएको छ ।

सरकारले माहामारी रोकथाम तथा प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा दु्रत प्रतिकार्य टोली खटाउने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै देशभित्र उत्पादन तथा आपूर्ति औषधि तथा निदानात्मक र अन्य स्वास्थ्य जन्य खाद्यान्न सामाग्रीको गुणस्तर र नियमन सुनिश्चित गर्न ‘फुड एण्ड ड्रग एडिमिस्ट्रेशन’ स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक