तीन बर्षभित्रमा ९० प्रतिशत नागरिक बीमा कार्यक्रममा आवद्ध गराइने
हेल्थपत्र
काठमाडौँ, १५ जेठ : सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुर्नसंरचना गर्ने भएको छ ।
संघीय संसदको सयुक्त बैठकमा आज आगामी आर्थिक बर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्ने बताएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम आगामी तीन बर्षभित्र कुल जनसङ्ख्याको ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको दायरामा ल्याउने बजेटमा उल्लेख गरिएको छ । यसबाट व्यक्तिगत खर्च कटौती हुने मन्त्री डा. वाग्लेलाई बताए ।
सरकारले आधारभूत स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु बनाउने भएको छ ।
यस्तै २५ प्रकारका निःशुल्क वितरण गरिने औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई समक्ष बनाउने बजेटमा उल्लेख गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रुपमा विकास गरि विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने मन्त्री डा. वाग्लेले उल्लेख गरे ।
यस्तै सार्वजनिक साझेदारी मोडल अनुसार सात वटा प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रुपमा शिक्षण अस्पताल तथा विशिष्टकृत स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने बजेटमा उल्लेख गरिएको छ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य रहेको कोषलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा परिचालन गर्ने बजेट विनियोजन गरिएको छ ।
छरिएर रहेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकिकृत गर्दै एकल भुक्तानी प्रणालीको विकास गरिने बजेटमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक