यी हुन् चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा आवदेन दिने १० जना

हेल्थपत्र

२०८३ कातिर्क १४ शुक्रबार

काठमाडौँ, १५ जेठ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ ।

आयोगको उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी,  स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा रोशन पोखरेलसहित प्राडा गेहनाथ बराल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ, प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधानले आवेदन दिएका हुन् ।

समितिले उनीहरूलाई कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि जेठ २६ र २७ गतेको समय तोकेको छ । अहिले प्रधानमन्त्री वालेन शाहले निमित्त उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक