स्वास्थ्य मन्त्रालयमा थप नयाँ ९७७ दरवन्दी स्वीकृत

हेल्थपत्र

२०८३ कातिर्क १५ शनिवार

काठमाडौँ,  १५  जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सङगठन तथा व्यवस्थापनको कार्य सम्पन्न गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय पुल अन्तर्गत नयाँ थप ९७७ दरवन्दी स्वीकृत भएको जानकारी दिए ।
अहिले मन्त्रालयअन्तर्गत ८३१ दरबन्दी रहेका छन् । थप गरिएका नयाँ दरबन्दीसंगै मन्त्रालयमा अव एक हजार ८०८ दरबन्दी कायम गरिएको छ ।
उनले प्राप्त भएका यी स्वीकृत दरबन्दीहरूमा अब छिट्टै लोक सेवा आयोगबाट चरणबद्ध रुपमा खुल्ला पदपूर्ति प्रक्रिया सुरु गरिने जानकारी दिए ।
थप गरिएका नयाँ दरवन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको छ ।
सिएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीको हकमा प्रदेश र स्थानीय तहमा निकट भविष्यमै ठूलो संख्यामा दरबन्दी खुल्ने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक