आठ वटा विश्वविद्यालयको लागि उपकुलपतिमा १८८ जनाको आवेदन स्विकृत
हेल्थपत्र
काठमाडौँ, १४ जेठ । आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेको २१८ जनाको आवेदन मध्ये १८८ जनाको मात्रै स्विकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार स्विकृत आवेदकको नाम सार्वजनिक गरेको छ ।
यअसघि विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्वन्धी एकीकृत कार्यविधि २०८३ अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले गत २५ बैशाखमा सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।
यस्तै गरी लुम्बिनी वौद्य विश्वविद्यालयका लागि ११ जनाले आवेदन दिएकोमा ७ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ जनाले दिएकोमा १३ जना र राजर्षिजनक विश्वविद्यालयका लागि २७ जनाको आवेदन परेकोमा २१ जनाको आवेदन स्विकृत भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक