मातृमृत्युदरमा उल्लेखनिय सुधार
हेल्थपत्र
काठमाडौँ, १४ जेठ : मातृ मृत्युदरमा उल्लेखनिय सुधार भएको जनाइएको छ ।
प्रतिनिधि सभाको वैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२÷०८३ को आर्थिक सर्वेक्षणमा प्रतिलाख जिवित जन्ममा हुने मातृमृत्युदर १५१ मा झरेको छ । नेपाल परिवार स्वास्थ्य सर्वेक्षण अनुसार सन् १९९६ मा मातृमृत्युदर (प्रतिलाख जिवित जन्ममा) ५३९ रहेकोमा अहिले आएर १५१ मा झरेको हो ।
यस्तै आर्थिक सुचांकमा प्रतिहजार जिवित जन्ममा हुने शिशु मृत्युदर २७ मा झरेको छ । सन् २०११ मा शिशुमृत्युदर ४६ (प्रति हजार जिवित जन्ममा) रहेको थियो । यस्तै पाँच बर्ष मुनिका बालमृत्युदर ५४ बाट ३१ (प्रतिजार जिवित जन्ममा) घटेको छ ।
आर्थिक सर्वेक्षणमा नेपालमा १३ हजार ५९४ प्रकारका स्वदेश ब्राण्डका औषधि स्वदेशमा नै उत्पादन हुने गरेको छ ।
चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ५२९ स्वदेशी र १३८ विदेशी व्राण्डका औषधि दर्ता भएका छन् ।
गत आर्थिक बर्षमा ५३ हजार ७१३ विपन्न नागरिकले निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेको उल्लेख छ । तिमध्ये २८ हजार ६७८ क्यान्सर, ८ हजार ४१० मुटु र ३४६ जनाले मिर्गौला प्रत्यारोपण सहित १२ हजार ४५२ जनाले मिगौला सम्बन्धि सेवा पाएका छन् । चानु आर्थिक बर्षको फागुनसम्म ३३ हजार ५८१ जना विपन्न नागरिकले उपचार सेवा पाएको उल्लेख छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक