स्वास्थ्य मन्त्री मेहताको भुटानी समकक्षीसंग भेटवार्ता
हेल्थपत्र
काठमाडौँ, १३ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र भुटानका स्वास्थ्यमन्त्री ल्योनपो टान्डिन वाङचुकबीच भेटवार्ता भएको छ ।
स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९ औँ विश्व स्वास्थ्य सभामा मङ्गलबार उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
भेटवार्तामा उनीहरुबीच दुवै राष्ट्रले साझा स्वास्थ्य चुनौतिको सामाना गरिरहेकोले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेको कुरा जोड दिनु भएको उनले बताए ।
भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने बिषयमा पनि छलफल भएको थियो ।
सो क्रममा उनीहरुबीच दुई देशबीचको स्वास्थ्य प्रणाली र स्वस्थ समुदायलाई थप अझ सुदृढ बनाउन सहकार्य गर्ने बिषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।
यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसंग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक