‘मन्त्री मेहताको विश्व स्वास्थ्य सभाको सहभागिता उपलब्धिमुलक’
हेल्थपत्र
काठमाडौँ, १३ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९ औँ विश्व स्वास्थ्य सभामा सहभागि भई आज स्वदेश फर्किएकी छन् ।
गत जेठ ३ गते तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामा गएकी थिइन् ।
मन्त्री मेहताले महासभा नेपालका लागि निकै ऐतिहासिक र उपलब्धिमूलक रहेको बताइन् ।
सभामा मन्त्री मेहतालाई सभाको उपाध्यक्षका रूपमा निर्वाचित गरिएको थियो । यो नेपालको स्वास्थ्य कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बढ्दो उपस्थितिका लागि ठूलो सम्मान रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनले मन्त्रीको यस भ्रमणलाई नेपालको स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्यमा एक महत्वपूर्ण फड्को मानेको बताए ।
मन्त्री मेहताले सभामा पारित भएका नीतिहरू र नेपालले गरेका प्रतिबद्धताहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिसँग जोडेर कार्यान्वयनमा लैजाने बताए ।
उनले जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय र विकासशील राष्ट्रको जनस्वास्थ्यमा पारेको गम्भीर असरबारे विश्व समुदायको ध्यानाकर्षण गराइन् ।
सभामा मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकता, महामारीको पूर्वतयारी, विश्वव्यापी स्वास्थ्य संरचनामा पहुँच र समानताको विषयमा नेपालको स्पष्ट धारणा राखेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक