क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव, विरामीको उपचारमा समस्या

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

शरद शर्मा

काठमाडौँ, ९ जेठ : क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधि अभावले विरामीलाई समस्यामा पारेको छ ।
क्यान्सरको उपचार हुने अस्पतालमा ति औषधिको अभाव देखिएकोले उपचारमा समस्या भएको हो ।

भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।

किमोथेरापी उपचारमा प्रयोग हुने औषधि कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिन अभाव देखिएको हो ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेले अस्पतालमा अहिले तिनै प्रकारका औषधिको अभाव रहेको बताए । क्यान्सरको किमोथेरापी दिदा धेरै किसिमका औषधिको आवश्यक हुन्छ ।

“किमोथेरापीबाट उपचार गर्दा अरु औषधिमा मिसाउन ति औषधिको आवश्यक हुन्छ । कम्तिमा ति तीन औषधिमध्ये एउटा मिसाएर किमोथेरापी मार्फत क्यान्सर रोगको उपचार गर्नुपर्ने हुन्छ,” उनले भने“ अहिले त्यो समूहको कुनै पनि औषधि छैन । औषधि अभावले विरामीको उपचारमा ठूलो असर परिरहेको छ ।”

उनका अनुसार ति औषधि अस्पतालमा सकिएको दुई हप्ताभन्दा बढी भइसकेको छ । औषधि आपूर्तिकर्ताले भने अस्प्ताललाई एक महिना अघिदेखि नै औषधि उपलब्ध गराउन नसक्ने जानकारी गराएको उहाँले बताए । धेरै जसो क्यान्सरका विरामीको उपचारमा ति औषधिको प्रयोग गरिन्छ ।

कार्यकारी निर्देशक डा. चासिलले अस्पतलामा उपचार गराउन आउन दैनिक ७० जनाले ति औषधिको आवश्यक पर्ने गरेको बताए ।

उनले ति औषधिको अभावमा उपचार भइरहेपनि प्रभावकारी उपचार नहुने बताए । ति “ति औषधिको अभावमा हामीले उपचार गरिरहेका छौ । तर त्यो उपचार प्रभावकारी हुँदैन । क्यान्सर निको नहुन पनि सक्छ,” उनले भने ।

उनका अनुसार ति औषधिको बजारमूल्य दुईसय देखि दुई हजार रुपियाँसम्म पर्ने गरेको छ । उहाँले औषधिको अभाव भएपछि विरामीले भारत र बाहिर महङ्गो दरमा औषधि किन्ने गरेका छन् ।

यस्तै चितवनस्थित क्यान्सर अस्पतालमा पनि किमोथेरापी उपचारमा प्रयोग हुने औषधि कार्बोप्लाटिन र सिस्प्लाटिन विगत दुई महिनादेखि छैन

। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उत्तम नेपालले अस्पतालमा रहको मौज्दात सकिएको र विरामीले नपाएको बताए ।

“अस्पतलामा भएको स्टक सकिएको छ । हामीले विरामीलाई उपलब्ध गराउन सकेका छैन । बाहिरका अस्पताल र आपूतिर्कताले विरामीलाई दिइरहेका छन्” उनले भने ।

उनका अनुसार अस्पतालमा दैनिक २०० जना जना किमोथेपारी लगाउनुपर्ने विरामी आउने गरेका छन् । उनले औषधि सकिएको जानकारी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा जानकारी गराइसकेको बताए ।

उनले विश्व स्वास्थ्य सङ्गठनलाई पनि औषधि उपलब्ध गराउन आग्रह गरिएको बताए ।

औषधि व्यवस्था विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले अन्तर्रािष्ट्रय रुपमा ति औषधिको मूल्य बढेकोले नेपालमा समायोजना गर्न नसकिएको अभाव भएको बताए ।

“आपूर्तिकर्ताले सरकारले तोकेको मूल्यमा आयात गर्न सकेका छैन । त्यही भएर औषधिको अभाव देखिएको हो,” उनले भने “राजपत्रमा प्रकाशित गरेर मूल्य तोकिएकोले अहिल्यै नै संशोधन गर्न समस्या पर्ने भएको छ । तर पनि हामी मध्यमार्गी समाधान तिर गएर चाँडै नै ति औषधि नेपाल भित्र्याउने तयारीमा रहेका छौ ।”

नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले अन्तर्राष्ट्रय रुपमा ति औषधिको मूल्य बढेकोले नेपालमा पहिल्यै कै मूल्यमा औषधि विक्री गर्न नसकिएकोले निर्यात नगरिएको बताए । “सरकारले २०७२ सालमा ति औषधिको मूल्य राजपत्रमा प्रकाशित गरेरे तोकेको छ, ”

उनले भने, “तर हामी २०७२ सालको मूल्यमा नै अहिले आएर औषधि दिन सक्दैनौ भनेर सरकारलाई पहिल्यैदेखि नै भन्दै आएका थियो । र सरकारले हाम्रा कुरा नसुनेर अहिलेको अवस्था आएको हो ।”

उनले औषधिमो मूल्य समायोजन हुनसाथ औषधि नेपालमा आयात गर्ने बताए । उनले ति औषधिको मौज्जात कति के छ भनेर अध्ययन समेत भइरहेको बताए ।

 

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक