‘डब्लुएचओ सधैं नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’
हेल्थपत्र
काठमाडौँ, ८ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेसस बीच भेटवार्ता भएको छ ।
स्वीजरल्याण्डको जेनेभामा डब्लुएचओले आयोजना गरेको ७९ औँ विश्व स्वास्थ्य सभामा उनीहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्री मेहताले डब्लुएचओका महानिर्देशक डा. टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताइन् ।
भेटमा महानिर्देशक डा. टेड्रोसेले डब्लुएचओ सधैं नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।
मन्त्री मेहताले सभामा नै यसअघि भारतीय र चिनियाँ समकक्षीसंग द्विपक्षीय भेटवार्ता भएका थियो । स्वास्थ्य मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा गएकी छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक