नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप प्रदान

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौँ, ३१ वैशाख : सरकारले आज खोप लगाउन छुट भएका पाँच बर्ष मुनिका बालबालिकालाई खोप खुवाईएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संचालन गरेको खोप सप्ताह कार्यक्रममा खोप लगाउ छुटेका पाँच बर्ष मुनिका बालबालिकालाई आज खोप प्रदान गरिएकाे स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
“ खोप सप्ताहमा नियमित खोप लगाउन बाँकी बाललबालिकालाई आजको दिनमा खोजेर खोप दिइदै छौ” उनले भने, “अभिभावकलाई नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकलाई खोप लगाउन आग्रह गर्दछौ ।”
खोज र खोप अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ बर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोग विरुद्ध ९ प्रकारका खोप दिइने उनको भनाई रहेको छ ।
शाखा प्रमुख डा. गौतमका अनुसार नेपालमा अहिले पनि ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र १० प्रतिशत बालबालिकाले सवै खोप नलगाएको र एक प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन ।
महिला सामुदायिक स्वास्थ्य स्वयसेविकाहरु परिचालन गरि छुट खोप भएका पाँच बर्ष मुनिका बालबालिकाको पहिचान गरि खोप लगाउने कार्य भइरहेको शाखा प्रमुख डा. गौतमले जानकारी दिए ।

सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच बर्षसम्मका उमेरका बाललालिकालाई ति खोप लगाउने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार खोपको प्रभावकारिताको कारणले नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच बर्ष मुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जिवित जन्मबाट २६.५ प्रति हजार जिवित जन्ममा घटाउन सफल भएको छ ।
केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढदै गई दादुरा रुवेलाको महामारी समेत देखापरेकोले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक