मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारकाे जिम्मेवारी डा. पाण्डेलाई

हेल्थपत्र

२०८३ बैशाख ३० बुधबार

काठमाडौं, ३० वैशाख । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारकाे जिम्मेवारी डा. दिपेन्द्र पाण्डेले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई निमित्त रजिष्ट्रारकाे जिम्मेवारी प्रदान गरिएकाे हाे । उनी निर्वाचनबाट निर्वाचित सदस्य समेत हुन् ।

काउन्सिलका पूर्व रजिष्ट्रार डा. सतिश देव पदमुक्त भएपछि रिक्त रहेको रजिष्ट्रार पदको कार्यसम्पादनका लागि उनलाई निमित्त जिम्मेवारी दिइएको बताइएको छ। उनी १०औँ तहका चिकित्सक हुन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक