स्वास्थ्य मन्त्री मेहतासंग भारतका राजदूत श्रीवास्तवकाे भेटवार्त
हेल्थपत्र
काठमाडौं २९ बैशाख : स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासंग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता भएकाे छ ।
मन्त्रालयमा भएकाे भेटवार्ता नेपाल र भारतबीच सदियौंदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध आयाममाथि विचार-विमर्श भएकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
साे भेटमा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति कृतज्ञता व्यक्त गरे ।
भेटवार्ताका क्रममा नेपालका राष्ट्रिय स्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग र सहकार्यलाई थप मजबुत तथा प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक