त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरको जहाजमा आगाेे 

हेल्थपत्र

२०८३ बैशाख ३० बुधबार

काठमाडौं, २८ बैशाख ।  टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

आज बिहान ६.३५ मा विमानस्थलको भुइ छोएको जहाजमा २७७ यात्रु थिए ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज अवतरणको क्रममा पछाडिको ल्यान्डिङ गियरमा आगोको झिल्का देखिएको थियो ।
आगो देखिनसाथ जहाज तत्काल रोकिएको र दमकल प्रयोग गरेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको थियो ।
भुलका अनुसार सबै यात्रुलाई आकस्मिक ढोकामार्फत उद्दार गरिएको छ । सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक