वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा धरान उपमहानगरलाई उपयोग गर्न दिने सरकारको निर्णय

हेल्थपत्र

२०८३ बैशाख ३० बुधबार

काठमाडौँ, २५ वैशाख । सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने संकल्प र १५ औं योजनाको लक्ष्यअनुरूप धरानमा आधारभूत अस्पताल निर्माणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा धरान उपमहानगरपालिकालाई उपयोग गर्न दिने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले छाता चोकस्थित कित्ता नम्बर २४ को १–४–१३–१ विघा (८३५१.७० वर्ग मिटर) जग्गा उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेसँगै स्थानीय स्तरमा सुलभ उपचार पाउने धराने जनताको सपना साकार हुने भएको छ।
विगतका अन्योल र गुनासाहरूलाई चिर्दै सरकारले लिएको यो अग्रसरताले धरानमा सेवाको नयाँ ढोका खोलेको छ भने संघीय सरकार स्थानीय विकासको भरपर्दो सहयात्री रहेको तथ्यलाई स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक