स्वास्थ्यमन्त्री मेहतासंग बेलायती राजदूतको शिष्टाचार भेट

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौ, २३ वैशाख : स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासंग नेपालका लागि बेलायती राजदूत रोब फेन बीच शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा आयोजित भेटवार्तामा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबिचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले वर्तमान सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्य योजनाको मार्गचित्र मार्फत सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताइन् ।
मन्त्री मेहताले खोप तथा प्रतिरक्षाका लागि विश्वव्यापी गठबन्धन, एड्स, क्षयरोग तथा मलेरियाविरुद्धको विश्व कोष र प्रतिजैविक प्रतिरोधविरुद्धको कार्यक्रम जस्ता बहुपक्षीय कार्यक्रममार्फत प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बेलायतसँगको साझेदारी अझ सशक्त र जनमुखी हुने विश्वास समेत व्यक्त गरिन् ।
भेटका क्रममा राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक