वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौं २३ बैशाख । वीर अस्पतालका निर्देशक डा।दिलीप शर्माले पदबाट राजीनामा दिएका छन् ।

सरकारले अध्यादेश ल्याएसंगै आफूले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर राजीनामा दिएको उनले बताए । उनीलाई तत्कालिन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालको निर्देशकमा नियुक्ती भएका थिए ।

उनले सरकारलाई काम गर्न सजिलो बनाउनका लागि आफूले राजीनामा दिएको बताए ।

सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ती सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति, रजिष्ट्रार, शिक्षाध्यक्ष पदमुक्त भएका थिए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक