स्वास्थ्य मन्त्रालयका अन्तर्गतका १९३ पदाधिकारी पदमुक्त

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौँ, २२ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत १९३ पदाधिकारी पदमुक्त भएका छन् ।

सार्वजनिक पदाधिकारीको पदमुक्ती सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार पदमुक्त भएका पदाधिकारीलाई पदमुक्त भएको जानकारीको पत्र पठाउने क्रम शुरु गरिएको छ । “अध्यादेश अनुसार पदमुक्त हुनु भएका पदाधिकारीको हामीले पत्राचार गरिरहेका छौ” उनले भने ।

उनले मन्त्रालय अन्तर्गतका प्रतिष्ठान, समिति र बोर्ड अन्तर्गतका ति पदाधिकारी पदमुक्त भएका बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित स्वास्थय बीमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायतका निकाय रहेका छन् ।

पदाधिकारीहरुलाई अध्यादेश जारी भएको दिनदेखि पदमुक्त गरिएका मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले यहि वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्ती सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ जारी गरेका थिए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक