१४९ स्थानीय तहमा क्षयरोगमुक्त अभियान

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौँ, २२ वैशाख : सरकारले मुलुकलाई क्षयरोगमुक्त बनाउनका लागि स्थानिय तहमा कार्यक्रम संचालन गरेको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भुवन पौडेलले मुलुकलाई क्षयरोगमुक्त बनाउनका लागि पहिलो चरणमा १४९ स्थानीय तहमा क्षयरोगमुक्त अभियान संचालन गरिएको जानकारी दिए ।
सरकारले सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने र सन् २०५० सम्म मुलुकमा क्षयरोग निवारण गर्ने लक्ष्य राखेको छ । सन् २०५० मा १० लाखमा एक जना क्षयरोगका विरामी झार्ने लक्ष्य रहेको केन्द्रका निर्देशक डा. पौडेलले जानकारी दिए । उनका अनुसार सन् २०३५ मा एक लाखमा १० जनाभन्दा कममा झार्ने लक्ष्य रहेको छ ।
केन्द्रका निर्देशक सो अभियान अनुसार आगामी आर्थिक बर्षदेखि ५७३ स्थानीय तहमा क्षयरोगमुक्त अभियान संचालन गर्ने तयारी रहेको छ ।
अभियान अन्तर्गत स्थानीय तहमा रहेका क्षयरोगका विरामीलाई खोजप्रताल गरेर उपचारको दायरामा ल्याउने उनले बताए ।
नेपालमा बर्षेनी ६७ हजार क्षयरोगका नयाँ विरामी भेटिने गरेका छन् । तिमध्ये करिव ४० प्रतिशत विरामी उपचारको दायराभन्दा बाहिर रहेका छन् ।
केन्द्रका निर्देशक डा. पौडेलले औषधि संवेदनशिल क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत उपचार सफलता पाइएको बताए ।
उनका अनुसार क्षयरोगका कारणले ५१ प्रतिशत विरामी र तिनका परिवारले आर्थिक भार व्यहार्नुपरेको छ ।
नेपालमा हरेक बषउ १६ हजार जना क्षयरोगको कारणले मृत्यु हुने गरेको छ । जसको मृत्यु दर प्रति एक लाखमा ५३ रहेको छ ।

क्षयरोगको पत्ता लगाउन एआई एक्सरे

क्षयरोगको पत्ता लगाउनका लागि केन्द्रले एआई एक्सरे प्रविधिमार्फत प्रयोग गरेको छ । उक्त एक्सरे मेसिनले छातीको एक्सरे गरेर क्षयरोगको लाग्ने सम्भावना के छ भनेर पत्ता लगाउने गरेको केन्द्रका निर्देशक डा. पौडेलले जानकारी दिए ।
“क्षयरोग पत्ता लगाउनका लागि विरामीको खकार जाँच गर्नुपर्ने हुन्छ । हरेक विरामीको खकार जाँच गर्न असम्भव हुन्छ,” उनले भने, “तर एआई एक्सरे मेसिनले परीक्षण गर्दा शंकास्पद विरामी पत्ता लाग्छ र ति शंकास्पद विरामीको खकार परीक्षण गरे क्षयरोग लागे नलागेको थाहा हुन्छ । ”
अहिले सात प्रदेशमा एक वटा दरले सहित केन्द्रमा दुई वटा एआई एक्सरे मेसिन रहेका छन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक