नेपाल चिकित्सक संघमा डा. रावलभन्दा डा. रिजालले दुई मतले अगाडि

हेल्थपत्र

२०८३ कातिर्क १७ सोमबार

काठमाडौं, २१ वैशाख । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. मंगल रावललाई डा. बद्री रिजालले उछिनेका छन् । शुरुवात देखि अग्रता लिएका डा. रावललाई उपत्यकाको गणना हुँदा उछिनेका हुन् । डा. रावललाई दुई मतले उनले उछिनेको हुन् ।
वागबजारस्थित संघको केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा चार हजार ६४२ मतगणना हुँदा डा. रिजालले दुई हजार २६ मत पाएका छन् ।
यस्तै डा. रावल दुई हजार २४ मत प्राप्त गरेका छन् । यस्तै डा. नारायण प्रसाद भुसालले ५३९ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारीले एक हजार ८५९ मत प्राप्त गरि अगाडि रहेका छन् ।

यस्तै डा. किर्तिपाल सुवेदीले एक हजार ५३१ मत र र डा. अजयकुमार मिश्राले एक हजार ३१ मत पाएका छन् ।
महासचिव पदमा डा. कालु सिंह खत्री एक हजार ६५४ मतसहित अगाडि छन् भने डा. बिश्वराज दवाडी एक हजार ७१७ मत र अर्का महासचिवका उम्मेदवार डा. अमृत भुसालले एक हजार ७२मत पाएका छन् ।
उपत्यका बाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते सम्पन्न भएको निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो । निर्वाचनको अन्तिम परिमाण भोलि आउने बताइएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक