आपतकालिन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा

हेल्थपत्र

२०८२ माघ ३ शुक्रबार

काठमाडौं, २ माघ । नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालिन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा काठमाडौंको रिङरोड भित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागु हुने जनाइएको छ । यो सेवा माघ एक गतेदेखि सुरु भएको छ । यो सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुने जनाइएको छ ।

नर्भिकले आपतकालिन अवस्थामा बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक