आज राष्ट्रिय योग दिवस मनाइदै

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

काठमाडौँ, १ माघ । आज ११ औ राष्ट्रिय योग दिवस मनाइदै छ ।

दिवसको अवसरमा आज भक्तपुरको ठिमीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
आयुर्वेद तथा वैकल्पिक उपचार विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले दिवसको अवसरमा आजदेखि देशभरि नै योग शिविर, योगबार अन्तरक्रिया र विद्यालयस्तरमा विशेष योग कक्षा संचालन गरिने बताए ।

उनले योग विना निरोगी बन्न गा¥हो हुने भन्दै नियमित योगले मानिसलाई निरोगी बनाउने बताए ।

उनले योगलाई आत्मसाथ गर्ने हो भने नसर्ने रोग र मानसिक स्वास्थ्य जस्ता समस्या समाधान हुने समेत बताए ।
योगले उच्चरक्त चाप, मधुमेह, मोटोपनाको नियन्त्रण तथा व्यवस्थापन, तनाव कम गरि मानसिक स्वास्थ्य सम्र्बद्धनमा महत्वपूर्ण भूमिका खेल्नुका साथै शारिरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गरि स्वस्थ समाज निर्माणमा मद्दत पुर्याउने निमित महानिर्देशक डा. यादवको भनाई रहेको छ ।

उनले योग सेवालाई प्रत्येक नागरिकको पहुँच पुर्याउनका लागि ७५३ वटै स्थानीय तहमा नागरिक आरोग्य केन्द्रमार्फत यसै आर्थिक बर्षदेखि विस्तार गर्न थालिएको समेत जानकारी दिए ।

विभागका सूचना अधिकारी डा. मुनकर्ण थापाले आर्थिक बर्ष २०८१÷०८२ मा २१ लाख ९० हजार सेवाग्राहीलाई आयुर्वेद स्वास्थ्य संस्थाबाट योग सेवा प्रदान गरेको बताए ।

उनले नयाँ पुस्तामा योगको महत्व पुर्याउन विभागले विद्यालयस्तरमै योग सेवा प्रवद्र्धन कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी दिए ।

यसबर्ष ‘स्वस्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको छ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक