‘इमरजेन्सी केयर लर्निङ ल्याव’ किट हस्तान्तरण
हेल्थपत्र
काठमाडौँ, ३० पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आपतकालीन उपचार तालिमलाई सुदृढ पार्ने उद्देश्यले लिर्डल ग्लोवल हेल्थ्य नर्वे ‘इमरजेन्सी केयर लर्निङ ल्याव’ किट उपलब्ध गराएको छ ।
प्रवक्ता तथा स्वास्थ्य आपतकालिन सेवा केन्द्रका प्रमुख डा.प्रकाश बुढाथोकीलाई ‘लेडल ग्लोवल हेल्थ’का प्रमुख कार्यकारी अधिकृत क्यारोलिन माइक्लेबस्ट लिन्डेले सामाग्री हस्तान्तरण गरेकी हुन् ।
नौवटा ‘इमरजेन्सी केयर लर्निङ ल्याव’ र दुई वटा लिर्डल एएलएस बेबी ट्रेनर किट उपलब्ध गराएको हो ।
यी किटहरु राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र तथा सातै प्रदेशका स्वास्थ्य तालिम केन्द्रहरूमा वितरण गरिनेछ ।
सो अवसरमा मन्त्री डा. गौतमले विपद् व्यवस्थापन र आकस्मिक सेवाका लागि प्राप्त आधुनिक उपकरण तथा तालिम सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
उनले आगलागीमा मन्त्रालयअन्तर्गतका धेरै महत्वपूर्ण उपकरण गुमेको स्मरण गराउँदै नर्वे सरकारको यो सहयोगले ती क्षतिको परिपूर्ति गर्ने बताइन्।
नेपाल भूकम्प, बाढीजस्ता विभिन्न प्राकृतिक विपद्को उच्च जोखिममा रहेको तथ्य औंल्याउँदै डा. मन्त्री गौतमले पूर्वतयारी र प्रतिकार्यमा तीनै तहका सरकार गम्भीर रहेको प्रष्ट पारिन्।
यी किटहरुको प्रयोगबाट बेसिक इमरजेन्सी केयर र अस्पतालपूर्व तालिमको प्रभावकारी सञ्चालनमार्फत स्वास्थ्यकर्मीको सीप अभिवृद्धि हुनुका साथै देशभर आपतकालीन उपचार प्रणालीको गुणस्तर र पहुँचमा सुधार आउने विश्वास गरिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक