स्वास्थ्य मन्त्री डा. गौतमलाई चिकित्सक संघको ज्ञापन पत्र

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

काठमाडौं, २९ पुस। नेपाल चिकित्सक संघले करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई महंगी भत्ता उपलब्ध गराउन माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा  गौतमलाई आज मन्त्रालयमा  ध्यानाकर्षण पत्र बुझाउदै संघले करार सेवाका चिकित्सकलाई पनि महँगि भत्ता उपलब्ध गराउन माग गरेको हो ।
संघका अध्यक्ष डा अनिल बिक्रम कार्की र महासचिव डा सन्जिव तिवारी सहितको टाेलिले ध्यानाकर्षणपत्र बुझाएको थियो ।

संघले नेपालमा दक्ष चिकित्सकको विदेश पलायन बढ्दै गएको उल्लेख गर्दै समान कामका लागि समान सेवा–सुविधा सुनिश्चित नगरे चिकित्सकहरूको मनोबल कमजोर हुने जनाएको छ।

“छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७७” मा तलब र अन्य भत्ताको व्यवस्था भए पनि महँगी भत्ताबारे स्पष्ट उल्लेख नहुँदा करार सेवामा कार्यरत चिकित्सक अन्योलमा परेको संघको भनाइ छ।

यसअघि सर्वोच्च अदालतले करार कर्मचारीलाई पनि महँगी भत्ता दिन परमादेश जारी गरिसकेको स्मरण गराउँदै संघले मन्त्रालयबाट यथाशीघ्र स्पष्ट नीति तथा कार्यान्वयन निर्देशिका जारी गर्न माग गरेको छ।

अस्थायी तथा करार सेवामा कार्यरत सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महँगी तथा अन्य भत्ता एकरूप रूपमा उपलब्ध गराउन संघले आग्रह गरेको छ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक