महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुखमा डा. देवकाकुमारी आचार्य
हेल्थपत्र
काठमाडौँ, २९ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)महाराजगञ्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुखमा डा. देवकाकुमारी आचार्य नियुक्त गरिएको छ ।
त्रिवि कार्यकारी परिषद्ले उनलाई क्याम्पस प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि क्याम्पस प्रमुख रहेकी मुना रानाको कार्यकाल सकिएपछि डा. आचार्यलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्ती गरिएको हो । खुला प्रतिस्पर्धामा तीन जनाले आवेदन दिएका थिए ।
निवर्तमान क्याम्पस प्रमुख रानालाई भने नेपाल सरकारले नेपाल नर्सिङ परिषद्को अध्यक्ष पदमा नियुक्त गरिसकेको छ ।
नर्सिङ क्याम्पस प्रमुखमा नियुक्ति भएपछि नेपाल नर्सिङ संघले बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।
आज शुभकामना सन्देश जारी गर्दै संघले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।
अध्यक्ष चन्द्रकला शर्माद्धारा हस्ताक्षर गरिएको शुभकामना तथा बधाइपत्रमा सफल कार्यकालको शुभकामना दिएको छ ।
डा. आचार्यका शुभचिन्तकहरुले पनि सामाजिक सञ्जालमार्फत डा.आचार्यलाई क्याम्पस प्रमुखमा नियुक्त हुनुभएकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक