संविधानको रक्षा र सुसंस्कृत शासनको लागि अबको निर्वाचन

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

प्रहलाद वैदिक

दाङ, २९ पुस ।  नेपालमा लोकतन्त्र र संविधानले हामीलाई प्रदान गरेको अधिकार र जिम्मेवारी सबै नागरिकको जीवनको आधार बनेको छ । तर, केवल अधिकार प्राप्ति मात्रै पर्याप्त छैन, त्यसको रक्षा र सही प्रयोग गर्नु पनि नागरिकको पहिलो कर्तव्य हो । यही सन्दर्भमा अबको निर्वाचन हाम्रो देशको भविष्यका लागि निर्णायक क्षण बन्न लागेको छ ।
निर्वाचन केवल मत हाल्ने प्रक्रिया होइन, यो हाम्रो मूल्य, हाम्रो विश्वास र हाम्रो संविधानप्रतिको प्रतिबद्धता व्यक्त गर्ने माध्यम पनि हो । हामीले निर्वाचित गर्ने प्रतिनिधि हाम्रो संविधानको रक्षा गर्ने, सु–संस्कृत शासन स्थापना गर्ने र विकासका मार्गदर्शक बन्ने जिम्मेवारी पाउने छन् । यदि हामीले सचेत भएर सही निर्णय ग¥यौं भने मात्र हाम्रो देशले स्थिरता, समृद्धि र न्याय सुनिश्चित गर्न सक्छ । त्यसैले हामीले हाम्रो विवेक पुर्याएर यसपटकको निर्वाचनमा योग्य, कर्मठ र देशका लागि काम गर्ने नेता चुन्न जरुरी छ ।
यो निर्वाचनमा हामीले भोट हाल्दा दलको प्रचार वा व्यक्तिगत आकर्षणभन्दा माथि उठेर राष्ट्रको हितलाई प्राथमिकता दिनु आवश्यक छ । संविधानले सुरक्षित गरेको अधिकारलाई सम्मान गर्नु र लोकतान्त्रिक मूल्यलाई प्रगाढ बनाउनु हाम्रो कर्तव्य हो ।
सुसंस्कृत शासन भन्नाले केवल कानुनको पालना मात्र होइन, सार्वजनिक जीवनमा नैतिकता, पारदर्शिता, जिम्मेवारी र समावेशितालाई जीवन्त बनाउनु हो ।
हामी प्रत्येक नागरिकले मतदानमा जानुपर्छ, सुसंस्कृत शासन र संविधानको रक्षा गर्न सक्रिय भूमिका खेल्नुपर्छ । अबको निर्वाचनले हामीलाई हाम्रो भविष्य चयन गर्ने अवसर मात्र दिन्छ भन्ने होइन, यो अवसरले हाम्रो देशलाई स्थिर, न्यायपूर्ण र समृद्ध बनाउने बाटो तय गर्ने क्षमता पनि राख्द्छ । त्यसैले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा सवै मतदाताले हाम्रालाई होइन काम गर्नेलाई मतदान गर्नुपर्दछ ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक