सावधान ! चुरोटभन्दा हानिकारक हुक्का

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

शरद् शर्मा
काठमाडौँ, २९ पुस : तपाई कतै हुक्काको नियमित सेवन त गरिरहनु भएको छैन । वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन पानीको वाफको धुवाँ भनेर त तपाईले खाइरहनु भएको त छैन ।

यदि त्यो हो भने तपाइले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ ।  र सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सर जस्तो घातक रोगको शुरवाती चरण बन्न सक्दछ ।

राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवद्र्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले युवामाफ हुक्का खाने प्रचलन बढदै गएको बताए ।

उनले सुर्तीपदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ सार्वजनिक ठाउँमा हुक्का खानलाई प्रतिवन्ध गरेपनि रेष्टुरेन्ट चियापसलमा अहिले सेवनकर्ता बढिरहेको बताए । उनले नियमन गरि कानूनी कारवाही गर्नका लागि आफूहरु लागिपरेको समेत बताए ।

हुक्का के हो

हुक्का पाइपको माध्यमबाट सुर्तिलाई बलिरहेको कोइलाले तातो बनाई धुबाँ निकालेर सेवन गरिन्छ । हुक्कामा सुर्तीको पातको धुलो प्रयोग गरिन्छ र यो विभिन्न स्वाद वा सुगन्धमा पाइन्छ । ति सुगन्धले हुक्का मानिसहरुलाई खाउखाउ गराउँछ । हुक्का खादा मानिसलाई स्याउ, पुदिना, चकलेट, नरिवल, खरबुजा सुगन्ध आउने गर्दछ । नेपालमा हुक्काजन्य सामग्रीको प्रयोग निरन्तर बढिरहेको छ। विशेषगरी १५ देखि ३० वर्षका युवाहरुमा बढी हुक्काको प्रयोग बढी देखिन्छ ।

“हुक्का सेवन गर्दा धुँवा हामीले लिन्छौ । सुर्तीजन्य पदार्थ बनेको धँुवा पानीबाट फिल्टर भएर आइरहेको छ भन्ने हामीले सोचेको हुन्छौ तर त्यो गलत हो । पानी भएर धुँवा आउदा रसायन पनि पानीमा धुलिन्छ,” सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख्र ढुङ्गानाले भने “हुक्का धुवाका तापक्रम घटाउनका लागि पानी प्रयोग गर्दछ । पानीमा मिसिएपछि धुवाँ झन खतरनाक हुन्छ । सेवन गर्दा धुँवा पानीको वाफ मात्र हो भन्नु गलत हो ।”

फ्लेवरले खाउ खाउ गराउने

हुक्का विभिन्न फ्लेवरका कोइरा, व्रिकेश राखिएका हुन्छ । ति फ्लेवरले नै मानिसलाई हुक्का खाउखाउ बनाउने गर्दछ । शुरुशुरुमा हुक्काको वास्ना मन पदैन । हुक्कामा राखिएका फ्लेवरले नमिठो वास्नालाई मिठो बनाउँछ । त्यसपछि मान्छेलाई हुक्का मन पर्न थाल्दछ । हुक्कामा स्याउ, स्टञवरी, ववलगम जस्ता फ्लेवरमा रहेको पाइन्छ ।

फ्लेवरको कारण धुवाँ खादा वास्ना मिठो हुन्छ । निकोटिनले तल बनाउने र फ्लेवरले धुवाँलाई मिठो बनाउने भएपछि अहिलेका युवामा होटेल, रेष्टुरेन्ट क्याफे र चियापसलमा हुक्का खाने प्रचलन बढदै गएको छ । निकोटिनले सिधै क्यान्सर नबनाउने तर मुटुसंग सम्बन्धित रोग बनाउने गर्दछ ।
फ्लेवरमा विभिन्न रयायन रहेको हुन्छ । ति रसायनले मानिसलाई क्यान्सर जस्ता प्राणघातक रोग निम्त्याउन सक्ने चिकित्सक बताउँछन् ।
ह्याम्स अस्पतालकाी वरिष्ठ फोक्सो रोग तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डेले हुक्का धेरै मानिसले हानिकरण होइन भनेर सेवन गरिरहेको बताउँछिन ।

हुक्का सेवन गर्दा पानीको वाफबाट आएको धुवाँ हो त्यसले केही असर गदैन भनेर सेवन गरिरहेको उनले बताइन् ।

“हुक्कामा भएको खराव पदार्थ पानीमा नै बस्छ भन्ने सोचाई छ । तर त्यसो होइन हुक्का तान्दा पानी तान्ने होइन् । क्यान्सर गराउने पदार्थ पानीको फोकामा हुन्छ । त्यही तान्ने हो । पानीमा पदार्थ बस्छ भन्ने सोचाई गलत छ,” उनी भन्छिन, “त्यही गलत सोचाई हुक्काले केही गर्दैन भनेर मानिसले हुक्का सेवन गरिहेका हुन्छन् ।”

संसारभरि चुरोट खाने मानिस घटिरहेका छन् । तर चुरोटको सट्टा हुक्का भेपको सेवन बढीरहेको छ ।

वरिष्ठ फोक्सो रोग विशेषज्ञ डा.पाण्डेले हुक्का पाइपबाट तान्दा कोइला व्रिकेशमा भएको क्यान्सर गराउने (कार्सिनोजेनिक क्यान्सर गराउने तत्व) शरिरमा प्रवेश गर्ने बताउँछिन् ।

“हुक्का तान्दा मुखमा धेरै धुवाको वाफ जान्छ । त्यो मुखमा चुरोटभन्दा धेरै बढी धुवाँको बाफ हुन्छ,” उनी भन्छिन् “हुक्का भएको धुवाको वाफको मात्रा मुखमा जाने भएकोले निकोटिनसंगै क्यान्सर बनाउने कार्सिनोजेनिक र आर्सनिक जस्ता रसायन हाम्रा शरीरमा जाने गर्दछ । ति रसायनले पछि हुक्का सेवनकर्तालाई मुख, फोक्सो, खानाखाने नलीको क्यान्सर बनाउँदछ ।”

एउटा हुक्का बराबर सय वटा चुरोट

हुक्का सेवनकर्ताले एउटा पटकमा हुक्का सेवनगर्दा ३० देखि ४५ मिनेट निरन्तर धुवाँ तानिरहेका हुन्छ ।
अध्ययन अनुसार हुक्का ४५ मिनेटसम्म नियमित तान्ने हो भने त्यो सय चुरोट बराबरको हुने वरिष्ठ फोक्सो रोग विशेषज्ञ डा. पाण्डे बताउँछिन ।

“एक सर्को चुरोट र एक सर्को हुक्का मध्ये हुक्कामा धुँवाको मात्रा बढी हुन्छ । मान्छेले गफ गर्दै हुक्का तानिरहेको हुन्छ । उसलाई कम्तिमा ३० देखि ४५ मिनेट लगाएर हुक्का खान्छ । यसरी मानिसले हुक्का खादा सय वटा चुरोट बराबर सेवन गर्दछ,” उनी भन्छिन, “ यसरी एउटा हुक्का खादा सयवटा चुरोटले गर्ने हानी हाम्रो स्वास्थ्यलाई गरिरहेको हुन्छ ।”

क्यान्सर गराउने

हुक्काको सेवा गर्दा कोइलाबाट निस्कने धुवाँमा हानिकरण क्यान्सर बनाउने तत्व, धातु तथा कार्बोन मोनोअक्साइड हुन्छन् । ‘अमेरिकन लग्स एसोसिएसन’ले पनि हुक्काले क्यान्सर रोग बनाउने पुष्टि गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हुक्कामा कार्सिजेनिक, हाइड्रोअक्साइड, नाइट्रोजन, नाइट्रिक एसिड, निकोटिन, फिनोलस र फिनोल डेरिभेटिभसजस्ता हानिकारक रसायन हुन्छ ।

फोक्सो रोग विशेषज्ञ डा. पाण्डेले हुक्कामा प्रयोग गरिने कोइला र व्रिकेशमा कार्वनमोनोक्साइड हुने बताउँछिन् ।

“चुरोटभन्दा हुक्कामा चार प्रतिशत बढी कार्वनमोनोक्साइड हुने गर्दछ,” उनले भन्छिन् “कार्वनमोनोक्साइडले हुक्का तान्दा हाम्रो मुटुको चाल बढाउँछ । जसले गर्दा उच्चरक्तचाप, कोलोस्ट्रोल बढ्ने र फोक्सो, मुटु, खानाखाने नलीको क्यान्सर बढी देखिने गरेको छ ।”

डा. पाण्डेका अनुसार अध्ययनले १३ बर्षमाथिका ५० प्रतिशतले आफ्नो जीवनकालमा एक पटक हुक्का तानेको देखिएको छ । तर तिमध्ये १० प्रतिशत मात्र धुम्रपान गर्ने रहेको र वाँकीले हुक्का हानिकारक छैन भनेर खाने गरेको उनी बताँछिन् ।

उनले आफूसंग आउने विरामीले पनि चुरोट नखाने गरेको तर हुक्का भने कहिलेकाही खाने गरेको बताएको जानकारी दिइन् ।
धुवाँ फोक्सोमा जान्छ र फोक्सोबाट मुटु मस्तिष्क हुँदै मानिसको शरिर सवै ठाउँमा पुग्ने गर्दछ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्याफे–लाउञ्ज, रेष्टुरेन्ट र युवामाझ ‘स्टाइलिश’ र ‘कम हानिकारक’ भन्ने गलत धारणा फैलिँदै गएको बताउनुहुन्छ हुक्काको धुवाँमा पनि सिगरेट जस्तै (र कतिपय अवस्थामा अझ बढी) कार्सिनोजेनिक रसायन, कार्बन मोनोअक्साइड, टार र सूक्ष्म कण हुने गरेको बताउँछन् ।

उनले हुक्का तान्दा ति कणलाई पानीले छानेजस्तो देखिए पनि ती विषालु पदार्थ फोक्सोसम्म सजिलै पुग्ने र पछि क्यान्सर बनाउने बताए ।
क्यान्सर रोग विशेषज्ञ डा. शाहीले हुक्का सेवनले फोक्सोको क्यान्सर, मुख र घाँटीको क्यान्सर, फोक्सोको क्षमता घट्ने र हृदय रोगको जोखिम बढाउने बताउँछन् ।

हुक्का सेवन गर्दा सधै एउटै पाइप÷नली प्रयोग गर्दा क्षयरोग, हेपाटाइटिस, फ्लु जस्ता रोग सर्न सक्ने सम्भावना समेत हुने गर्दछ ।
उनले हुक्का सुगन्धित र सामाजिक देखिए पनि सुरक्षित नभएको भन्दै यसले गम्भीर स्वास्थ्य जोखिम गराउने बताउँछन् ।

हुक्कापछि चुरोटमा लत

हुक्का सधै खाने नपाइएपछि सेवनकर्ता चुरोट सेवनतर्फ आकर्षित हुन्छन् ।
“हुक्का महंगो पर्दछ र सधै पायकपर्ने ठाउँमा पाइदैन,” क्यान्सर रोग विशेषज्ञ डा. शाहीले भने “त्यसपछि हुक्का सेवन गर्ने मानिस चुरोट सेवन गर्न थाल्दछन् ।”
हुक्काको सेवन गर्ने व्यक्तिसंगै सेवन नगर्ने तर नजिक बस्ने अन्य व्यक्तिलाई समेत असर गर्दछ । गर्भवती हुँदा महिलाले हुक्का सेवन गरेमा शिशु जन्मदा कम तौलको जन्मने र त्यस्ता शिशुमा श्वासप्रश्वास सम्बन्धि समस्या, समयअगावै जन्मने र शिशुको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने गर्दछ ।

 

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक