‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक तथा शारिरीक क्षमता बढाउँदै

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

काठमाडौँ, १५ पुस : बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ प्रभावकारी बन्दै गएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले गरेको प्रारम्भिक अनुसन्धानमा ‘स्वर्गविन्दु प्रासन’ले बालबालिकाको बौद्धिक विकास र रोगप्रतिरोधात्मक क्षमता बढाएको विभागका निमित्त महानिर्देशक डा. श्यायबाबु यादवले जानकारी दिए ।
उनले विभागले चितवन र दाङ्मा गरेको अध्ययनले पढ्न रुचि र भोक तथा पाचन प्रणालीमा पनि सुधार गरेको बताए ।
सरकारले यहि भदौ ५ गतेबाट ‘स्वर्णविन्दु प्रासन’ १ देखि ५ बर्ष मुनिका बालबालिकाको बौद्धिक विकास, रोगव्याधिसंग लड्न क्षमता बढाउन र शारिरीक विकास गर्नका लागि अभियानका रुपमा खुवाउन थालेको हो ।
अहिले विभागले देशभरिका २१ जिल्लाका २५ आयुर्वेदिक चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ खुवाउन थालेको छ ।
“‘स्वर्णविन्दु प्राशन’ खाएपछि पटक पटक विरामी हुने बालबालिका अहिले हुन छाडेका छन् । पढन रुचि पनि बढेको छ” विभागका डा. शुसान्त भण्डारीले भने, “बालबालिकालाई खानपानमा पनि रुचि बढेको छ र उनीहरु फुर्तिलो समेत भएका छन् ।”
‘स्वर्णविन्दु प्राशन’ तीन घटको समिश्रणबाट तयार पारिएको हुन्छ । स्वर्ग भ्रष्म (सुनलाई आयुर्वेद पद्धतिबाट बनाइएको भष्म), ध्यू ( वाह्मी घृत) र मह मिलाएर बनाउने गरिन्छ । स्वर्ण भष्म ३ मिलिग्राम, ध्यू २ एमएल र मह एक एमएल मात्रा राखेर ‘स्वर्णविन्दु प्राशन’ तयार पार्ने गरिन्छ ।
विभागका निमित्त महानिर्देशक डा. यादवले पहिले सवै जिल्लास्थित आयुर्वेद चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ र त्यसपछि स्थानीय तहमा ‘स्वर्णविन्दु प्राशन’ अभियान संचालन गर्ने बताए ।
प्रत्येक महिनाको पुष्य नक्षेत्रको दिनमा उक्त ‘स्वर्णविन्दु प्राशन’ बालबालिकालाई खुवाउने गरिन्छ । पुष्य नक्षेत्रको दिनमामा औषधिको गुण बढ्ने भएकोले उक्त दिनलाई ‘स्वर्णविन्दु प्राशन’ खुवाउने दिनको रुपमा विभागले तोकेको डा. भण्डारीले जानकारी दिए ।
उनका अनुसार ति उमेर समूहका बालबालिकालाई ३० महिना नियमित खुवाएपछि बौद्धिक विकास, रोगप्रतिरोधात्मक क्षमता बृद्धि र शारिरीक विकास हुने छ ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक